दफा २३
परीक्षाको निरीक्षण

दफा २१ बमोजिम मान्यता प्रदान गरिएको शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य उपाधिहरूको लागि सम्बन्धित शिक्षण संस्थाबाट लिइने परीक्षाहरू निरीक्षण गर्नको लागि
परिषद्ले निरीक्षक नियुक्त गरी पठाउन सक्नेछ । यसरी नियुक्त गरिएका निरीक्षकले आफूले निरीक्षण गरेका परीक्षाको सम्बन्धमा परिषद्ले तोकेको विवरण खुलाई परिषद्समक्ष प्रतिवेदन पेश गर्नेछ ।